सभामुख छाडेका माओवादीका बाबुराम आजै मन्त्री बन्ने
विराटनगर, १७ साउन । काेशी प्रदेशमा हिजै मात्र सभामुख पदबाट राजीनामा दिनुभएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले आजै मन्त्री बनाउने भएको छ ।
गठवन्धनमा बहुमत पुर्याएर सरकार बनाउन गौतमले सभामुखबाट राजीनामा दिनुभएकाे थियाे ।
गौतमलाई मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेकाे
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताउनुभयाे।
सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त हुनुभएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैहुनुहुन्छ ।