सामान्य अंकले बढ्यो नेप्से
काठमाडाैं, १८ साउन । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक ३ अंक बढेर २०८९.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.२५ अंक बढेको छ ।
यस दिन २६२ स्टकको ४० हजार ७७४ पटकको कारोबारमा १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्सको शेयर र एनआईबिएल ग्रोथ फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।