दोलखा पहिरो : १५ महिनाकाे बालकको मृत्यु, तीन जना बेपत्ता
दोलखा, १९ साउन । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति गएकाे पहिराेमा परेर १५ महिनाकाे बालकको मृत्यु भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् ।
पहिरोमा स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी धमलाले बताउनुभयो ।
पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।