माधव नेपालको अनुहार हेरेर नवस्नुस्, मुलुकको भविष्य हेरेर एमालेमा फर्कनुस् : महासचिव पोखरेल
सिन्धुपाल्चोक ,२० साउन ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा फर्कन आग्रह गर्नुभएकाे छ ।
शनिवार नेकपा एमालले सिन्धुपाल्चोकले जिल्ला सदरमुकाम चौतारामा आयोजना गरेको बृहत्त कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै नेता पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमाललेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गर्नुभएकाे हाे ।
नेकपाकाे बिशाल चौतारी एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो, समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउन र समाजवादी अध्यक्षलाई राष्ट्रपतिमा प्रस्ताव गरेको पोखरेलले प्रष्ट पार्नुभयो ।
कम्युनिष्ट एकतालाई एकतावद्ध बनाउँदै राष्ट्र निर्माण गर्न एमाले अध्यक्ष केपी शर्मा ओली लचक भएपनि माधव नेपालले आफ्नो संकिर्णता कायम राखेकोले संभव नभएको उहाँको भनाई छ । राजनीतिक अस्थिरता कायम राख्ने, दक्षिणपन्थी अवसरवादलाई सहयोग गर्ने जस्ता मुलुकको अहितको काममा लाग्ने माधव नेपालको पार्टी धेरै दिन नटिक्ने नेता पोखरेलको धारण रहेको छ ।
नेकपा एमालेले शनिवार जिल्ला सदरमुका चौतारामा आयोजना गरेको बृहत्त कायकर्ता भेला तथा पार्टी प्रवेश कामर्यक्रममा सिन्धुपाल्चोक एमालेका इन्चार्ज नेता गाेकुल बास्कोटाले सिन्धुपाल्चोकबाट समाजवादी पार्टीलाई एमालेमा समाहित गराउने अभियान सुरु भएको बताउनुभयो ।
दक्षिणपन्थी पार्टीलाई सहयोग गर्ने कम्युनिष्ट पार्टीको भविष्य नरहेको भनाई राख्दै बास्कोटाले कहिले काग्रेस कहिले एमालेसंग टाासिएर निर्वाचन लड्ने माओवादीलाई लक्षित गर्दै एक्लै आफ्नै शक्तिमा निर्वाचन लड्न नसक्ने माओवादी पार्टीलाई समेत एमालेमा आउन उहाँले आग्रह गर्नुभयाे ।
समाजवादीको मुल पिलर नै एमालेको घर निर्माणमा लागिसक्नुभो अव समाजवादी भन्ने सिन्धुपाल्चोकमा कहाँ रहन्छ ? उहाँले भन्नुभयाे ।
अठार महिना पछि पुनः नेकपा एमालेमा प्रवेश गर्दै नेता सुभाष कर्माचार्यले समाजवादी पार्टीले पार्टी निर्माणको आवश्यकता समेत पुष्टि गर्न नसकेको आरोप लगाउँदै भन्नुभयाे समाजवादीले उठाएको विद्रोहको झण्डा र नाराको औचित्य पुष्टि नभएका कारण हामी पुनः माउ पार्टीमा आएका हाैं । याे बिषयमा हाम्राे समूह गम्भीर आत्मसमिक्षा गर्न तयार छौ ।
कर्माचार्यले एमाले महासचिव शंकर पोखरेललाई अनुरोध गर्दै पार्टीले तोकेको जिम्मेवारी वहन गर्न तयार रहेको बताउनुभयो
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्य, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दिपक नेपाल, उपसचिव रवि भण्डारी सहित एक सय दश जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।