काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाकाे मृत्यु
काठमाडौं, २१ साउन । काठमाडौंको तारकेश्वरमा पहिराे जाँदा एकै घरका दुई जनाकाे मृत्यु भएकाे छ ।
तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु भएको हाे ।
गएराति करिब आठ बजेतिर पहिरोले घर पुरिँदा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जनाएकाे छ ।
महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् भने छोरा सकुशल रहेका छन् ।