नेप्से परिसूचकमा उच्च अंककाे गिरावट
काठमाडाैं, २१ साउन । आइतबार पनि नेप्से परिसूचकमा च्च अंककाे गिरावट आएकाे छ ।
यस दिन नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १.८३ प्रतिशत घटेकाे छ ।
आइतबार कारोबार रकम भने बढेको छ। यस दिन २ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ।
यस दिन विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७.९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२.६० अङ्कले घटेको छ । बैंकिङ समूह २२.३४, विकास बैंक ९७.५१, वित्त ६२.२७, होटल तथा पर्यटन २०१.३८ र जलविद्युत् समूह ४४.४९ अङ्कले घटेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले घटेको छ ।
यस दिन बजारमा भरखरै आइपीओ जारी गरेर सूचीकृत भएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडयाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ ।