नेप्से निरन्तर तेस्रो कारोबार पनि घट्यो

काठमाडाैं, २३ साउन । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन घटेर बन्द भएको छ। मंगलबार नेप्से परिसूचक २८.४० अंक घटेर बन्द भएकाे छ ।

यस दिन परिसूचक घटेर २०१९.८५ विन्दुमा पुगेकाे छ भने । सेन्सेटिभ इण्डेक्स ४.८६ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन २६५ स्टकको ७४ हजार २५७ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको ४८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्था र नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ८.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।