नेप्सेमा सामान्य अंककाे वृद्धि

काठमाडाैं, २५ साउन । सातकाे अन्तिम काराेवार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुगेको हाे। यस दिन सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । यस दिन २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन साढे ७ प्रतिशत बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ।

कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ।

सो होटलको यस दिन १६ करोड ९५ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर तामाकोशीको यस दिन ११ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ।