नेप्से परिसूचक १४.८१ अंकले बढ्याे

काठमाडाैं, २८ साउन । आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ ।

आइतबार नेप्सेसंगै कारोबार रकम पनि बढेकाे छ । यस दिन २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिनदेखि कारोबारमा आएका तीन स्टकमध्ये दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन घोराही सिमेन्ट्को २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *