सुनसहितको ब्रेक शुबाट सुन निकाल्ने प्रक्रिया शुरु
काठमाडौँ, २९ साउन : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि ब्रेक शुबाट सुन निकाल्ने प्रक्रिया सुरु गरेको छ ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिनुभयो ।
सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उहाँकाे भनाइ छ ।
उहाँले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।
बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो ।