नेप्से सामान्य अंक घटेर बन्द

काठमाडाैं, २९ साउन । सोमबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएकाे छ ।

यस दिन नेप्से परिसूचक ३.६१ अंक घटेर २०७७.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन २७९ स्टकको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ६.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।