एमजीले ल्यायो एक्सचेन्ज अफर

काठमाडौं, ३० साउन । एमजी मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एक्सचेन्ज अफर ल्याएको छ ।

एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन् ।

पारामाउन्ट मोटर्स प्रा.लिका प्रतिनिधिका अनुसार एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा यो अफर ल्याएकाे हाे ।

श्रावण २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ ।

यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *