नेप्से सूचक ३१.८० अंक घट्याे

काठमाडाैं, ३० साउन । मंगलबार नेप्से सूचक घटेर बन्द भएकाे छ । यस दिन नेप्से सूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा बन्द भएकाे छ ।

शेयर बजार पछिल्लो केहि दिन सकारात्मक हुन खोजेपनि पुनः घट्दो क्रमलाई नै निरन्तरता दिएको छ।

यस दिन २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको ५६ लाख ३ हजार १७९ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन इमर्जीङ नेपालको शेयरमूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ भने सिक्लेस हाइड्रोपावरको ३.८५ प्रतिशत र सामुदायीक लघुवित्तको १.९९ प्रतिशतले घटेको छ।

यस दिन हिमालयन डिस्टिलरीको शेयरमुल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले घटेको छ भने थ्रि स्टाइ हाइड्रोको ६.९४ प्रतिशत र मोलुङ खोला हाइड्रोको ६.२५ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक नकारात्मक देखिएको छ भने म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ।