बढ्यो डिजेल, प्रेटाेल र मट्टितेलकाेमूल्य, डिजेल/मट्टितेलमा प्रतिलिटर १४, पेट्रोलमा ५ रुपैयाँ बढ्यो
काठमाडौं, ३० साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।