शेयर बजारमा घट्दाेक्रमलाई निरन्तरता
काठमाडाैं, ३१ साउन । शेयर बजारमा घट्दाेक्रमलाई निरन्तरता दिएकाे छ । पछिल्लो केहि समय यता बैंकहरुले ब्याजदर बढाउने हल्लापछि शेयर बजार प्रभावित भएको हाे।
बुधबार नेप्से सूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा पुगेकाे छ । यस दिन कारोबार रकम पनि घटेको छ।
यस दिन ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
यस दिन बलेफी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढेको छ भने स्वरोजगार लघुवित्तको ३.७७ प्रतिशत र थ्रि स्टार हाइड्रोपावरको २.४० प्रतिशतले बढेको छ।
यता माउन्टेन हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ८.०६ प्रतिशतले घटेको छ भने स्वेत गँगा हाइड्रोपावरको ८.०३ प्रतिशत र धवलागिरी लघुवित्तको ७.८९ प्रतिशतले घटेको छ।
आज काराेबारमा आएकाे १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ।