राष्ट्रिय दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री कार्यालयमा सुरु
काठमाडौं, ३ भदौ । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको हो । बैठकमा सदन सुचारु गर्ने विषय केन्द्रित छलफल हुने नेताहरुले बताउनुभएकाे छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालयबाट बाहिरिएको तस्करीकाे सुन साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।
उक्त तस्करीकाे सुन भन्सार कार्यालयबाटै बाहिर आएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डले सोही विषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाउनुभएकाे हाे ।