१७ घण्टापछि खुल्याे नारायणगढ-मुग्लिन सडक

चितवन, ५ भदाै । नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि खुलेकाे छ ।

हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो ३ बजे सकिने भनिएपनि दिउँसाेकाे
१ बजेबाट नै सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय चितवनले जनाएअनुसार पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ ।