नेप्से सूचक १७.६९ अंकले बढ्याे

काठमाडाैं, ५ भदाै । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएकाे छ । निरन्तर घट्दो क्रममा रहेको नेप्से यसदिन बढेर बन्द भएकाे हाे ।

यस दिन नेप्से सूचक १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३.३६ अंकले बढेकाे छ ।

यस दिन १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको ६० लाख ३१ हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ।

यस दिन कुथेली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने इङ्गवा हाइड्रोपावरको ८.९१ प्रतिशत र माइ खोला हाइड्रोपावरको ८.९० प्रतिशतले बढेको छ।

यता लक्ष्मी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको ४.१९ प्रतिशत र विन नेपाल लघुवित्तको २.२३ प्रतिशतले घटेको छ।

मंगलबार युनाइटेड अजोड इन्स्योरेन्सको सबैभन्दा धेरै ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ४ करोड ६२ लाख र सोल्टी होटलको ४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *