नेप्सेसँगै बढ्यो कारोबार रकम पनि
काठमाडाैं, ६ भदाै । अघिल्लो कारोबार दिन सामान्य अंक बढेर बन्द भएको नेप्से आजपनि बढेर बन्द भएकाे छ ।
बुधबार नेप्से परिसूचक २९.४७ अंक बढेर २०४५.४५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.३० अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७३ स्टकको ४४ हजार ३४० पटकको कारोबारमा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।
यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ।
यस दिन सिटिजन्स सुपर ३० म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ७.४२ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे ७ करोडको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन सोल्टी होटलको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७४ अंक बढेको छ।