नेप्से परिसूचक पुनः ओरालो लाग्यो
काठमाडाैं, ७ भदाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो लागेकाे छ । अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन पुनः ओरालो लागेको हाे।
यस दिन नेप्से परिसूचक ३१.५२ अंक घटेर २०१३.९३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम सामान्य बढेको छ। यस दिन २७५ स्टकको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत घटेको छ।
त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से घटेपनि यस दिन एक स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।