कपिलवस्तुको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला

कपिलवस्तु ८ भदौ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेकोे छ ।

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *