नेप्से परिसूचक २०.५४ अंक घटेर २००० विन्दु मुनि

काठमाडाैं, १० भदाै । आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर १९९३.३८ विन्दुमा पुगेकाे छ । यस दिन बजार घटेसँगै नेप्से पुनः २००० विन्दुभन्दा तल झरेकाे हाे ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ।

कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

यस दिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ।