शेयर बजारमा नेप्सेसंगै घट्याे कारोबार रकम

काठमाडाैं, १२ भदाै । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएकाे छ । यस दिन नेप्सेसंगै कारोबार रकम पनि घटेकाे छ ।

यस दिन नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४ण् लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।