सामान्य अंक घट्यो नेप्से

काठमाडाैं, १३ भदाै । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

बुधबार नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २७६ पटकको कारोबारमा ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन सिटि होटलको शेयर करिब १० प्रतिशत बढेको छ। यस दिन सो होटलको शेयरमूल्य ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यस्तै, यस दिन सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।

१४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको माछापुच्छ्रे बैंक, यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ।