कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटको आज सुनुवाइ हुँदै
काठमाडौं, १७ भदाै । कोशी प्रदेशकाे मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुँदैछ ।
थापाले असंवैधानिक रूपमा सभाध्यक्ष गरिरहेका सांसदबाट मत हालेर विश्वासको मत लिएकोविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।
पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ ।
नेकपा एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए।