देउवालाई छेउमै राखेर शेखरको मागः अब सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका नेता ले सभापति शेरबहादुर देउवालाई सामू राशेखर कोइरालाखेर सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने माग गर्नु भएको छ । नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा उहाँले सभापति देउवालाई छेउमै राखेर यस्तो माग गर्नुभएको हो ।

‘अहिले ९ वटा मन्त्रालय हाम्रो छ ९० जना सांसद छौँ,’ उहाँले भन्नुभयो, ‘तर, सरकार हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई महशुस भइरहेको छ। संसदीय प्रणलीम र डेमोक्रेसीमा जसले जे भनेपनि प्रधानमन्त्री नै सर्वेसर्वा हो।’ उहाँले सभापति देउवातिर संकेत गर्दै सभापति यही हुनुहुन्छ भन्दै प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला पनि जिज्ञासा पनि राख्नुभयो ।

‘प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीज्यूहरुले काट्न नमिल्ने, त्यो स्वाभाविक पनि हो। त्यस कारण अब नेतृत्व हामीले लिन सक्ने हो कि होइन,’ उहाँले भन्नुभयो, ‘हामीले नेतृत्व लिने हो भने कांग्रेसको वर्चस्व हुन्छ। जनतालाई पनि विश्वस्त पार्न सकिन्छ।’ उहाँले अहिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही ढंगले अघि नबढेको उल्लेख गर्नुभयो ।

कोइरालाले नेपाली कांग्रेसहरुको मन्त्रालयमा डेमोक्रेटहरु छैनन् भन्ने आइरहेको भन्दै त्यससले कर्मचारी युनियनमा काम गरिरहेकाहरुको मनोवल उच्च नहुने जिकिर गर्नुभयो । ‘यो कुरा सभापतिजीले बुझ्नु भएको छ । सभापतिजीले मन्त्रीहरुलाई बोलाएर सम्झाउनुपर्छ भन्ने मलाई लागेको छ,’ उहाँले त्यसो भन्दा कर्मचारीहरुले कोइरालाको भनाईमा सहमति जनाउँदै तालि बजाएका थिए । त्यपछि पनि कोइरालाले अहिले पनि कांग्रेस विचारधारा निकटका कर्मचारीहरु अप्ठ्यारोमा परेको गुनासो गर्दै आउनु भएको छ भन्दै मन्त्रीहरुलाई बोलाएर सम्झाइ दिनु सभापतिलाई आग्रह गर्नुभयो ।