कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार
काठमाडौं, २० भदाै । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार भएकाे छ ।
रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि धारिलो हतियार प्रहार भएकाे हो ।
सहमहामन्त्री यादव कार्यक्रमबाट बाहिरिने क्रममा श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ ।
सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ ।