सर्वोच्च अदालतले भन्याे : ४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउनु

काठमाडौं, २१ भदाै । सर्वोच्च अदालतले संविधान,कानुन मिचेर विश्वासको मत लिएको ठहर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएकाे विश्वासको मत बदर गर्दै संसदीय दलको नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले थापाले भदौ ४ गते लिएको विश्वासको मतलाई बदर गरेको हो।

सर्वोच्चले पुनः धारा १६८ उपधारा २ बमोजिम थापाले लिएको विश्वासको मत असंवैधानिक भएकाले उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री बनाउन आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *