विश्वकप एसिया क्षेत्र छनोट : थाइल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं, २२ भदाै । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले थाइल्यान्ड विरुद्धको सेमिफाइनल खेलमा टस जितेर पहिले बलिङ गर्ने भएकाे छ ।

शुक्रबार मलेसियास्थित बांगीको युकेएम-वाइएसडी ओभलमा नेपालले टस जितेर थाइल्यान्डलाई पहिले ब्याटिङको निम्ता दिएको हो।

सन् २०१३ देखि सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म सफलता हासिल गर्न सकेकाे छैन । नेपाल संधै विश्वकप यात्रा एसिया छनोटमा नपुग्दै फर्कदै आएकाे छ । बलियो थाइल्यान्डको चुनौती पन्छाउन सहज भने छैन।

२०१९ मा थाइल्यान्ड विरुद्धको दुई टी-२० अन्तर्राष्ट्रिय खेलमा दुईटै खेलमा नेपाल पराजित भएको थियो।