बाँकेकाे पूर्व–पश्चिम राजमार्गकाे सडकमै पड्क्याे बम, बमले सडकमा भ्वाङ
बाँके, ३१ भदाै । बाँकेकाे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारी गाउँपालिकाकाे सडक किनारमा बम पड्केर सडकै भ्वाङ परेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।
विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेका कारण द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको हुनसक्ने डीएसपी डाँगीले जानकारी दिनुभयाे ।
विस्फोटबाट मानवीय क्षति भने भएको छैन । तर सडक किनारमा ठूलो भ्वाङ परेकाे कारण सडक विभागले भ्वाङ पुरेको छ।
