पोखराबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना, १४ यात्रु घाइते दुईको अवस्था गम्भीर

रूपन्देही, १५ असाेज । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । बसमा १६ जना यात्रु रहेकामा दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको बस आज सोमवार बिहान ५ बजे दुर्घटनामा परेको हो ।

बस पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको छेउकाे सडकदेखि तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ ।

बस दुर्घटनामा घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेका थिए ।