एमाले कर्णाली अधिवेशनकाे मतगणना सुरु
सुर्खेत, १५ असोज । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्वका चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न लागिएकाे हो । मतगणना सिटी हलमा सुरू भएकाे छ ।
वीरेन्द्रनगरमा जारी एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान भएको थियो ।
नेतृत्व चयनका लागि आइतबार दिउँसो २ बजेखि राति ९ बजेसम्म मतदान भएको थियो । कुल ६१६ मतदाता मध्ये ६०९ मतदाता मतदानमा सहभागी हुनुभएकाे छ।
अधिवेशनमा अध्यक्ष पदमा तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ । अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाय प्रतिस्पर्धामा हुनुहुन्छ । शाह र शाही प्यानल नै बनाएर चुनावी मैदानमा होमिनुभएकाे थियाे ।
उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।