रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १७ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले भ्रष्टाचार गरेको आरोपमा गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष घर्तीसहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकल देव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडक बहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी विरुद्ध मुद्दा दायर गरेको हाे ।

आयोगले वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएकाे छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७६/७७ मा लगत अनुमान तयार भएर गाउँपालिकाबाट रकम विनियोजन एवम् उपभोक्ता समितिबीच सम्झौता गरी वास्तविक भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर उनीहरुले गैरकानूनी ढंगले ४ लाख ६६ हजार ४८८ रुपैयाँ बढी भुक्तानी दिए-लिएको अख्तियारको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *