सुन्धाराकाे श्रीगुरु गेस्ट हाउसमा १७ वर्षीया युवती मृत फेला

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिका–११, सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा १७ वर्षीया युवती मृत फेला परेका छन् ।

ललितपुरको इमाडोल घर भएकी १७ वर्षीया भूमिका राउत ८ असोजदेखि त्यहाँ बस्दै आएकी प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ । उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

घटनास्थलमा सुसाइड नोट वा अरु कुनै संकेत फेला परेको छैन । प्रहरीका अनुसार, युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी छ ।