नेवाः र तामाङ भाषालाई बागमती प्रदेशमा सरकारी मान्यता पाएकाे खुशियालीमा दीपावली

काठमाडौं, २५ असोज । बागमती प्रदेश संसदले ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ पारित गरेको अवसरमा काठमाडाैंकाे मुटु भूगाेलपार्क, नयाँसडकमा दीपावली गरेकाे छ ।

बागमती प्रदेशमा नेपाली भाषाका साथसाथै नेपालभाषा (नेवार भाषा) र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषाको मान्यता पाएकाे हाे ।

अब बागमती प्रदेशका सरकारी निकायहरूमा नेपाली लगायत नेपालभाषा र तामाङ भाषा गरी तीन भाषा प्रयोग गर्न सकिने छ ।

यस उपलक्ष्यमा काठमाडाै महानगरपालिका नेवाः देय् दबू २२ वडा कमिटीले हिजो दीप प्रज्ज्वलन गरी दीपावली मनाएका छन् ।

तस्बिरहरू