चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला

चितवन, २५ असोज । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा फेला परेकाे छ ।

निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जुधेर गैँडा मरेको हो ।” चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।