प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्मका लागि स्थगित

काठमाडौँ, २६ असाेज । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएकाे छ ।

आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्नुहुँदै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित भएकाे जानकारी गराउनुभएकाे हाे ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।