जाजरकोटमा भुकम्पका कारण ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति, १ लाख ७९ जनसंख्या प्रभावित

जाजरकोट, २२ कात्तिक । जाजरकोटमा यही कात्तिक १७ र १९ गते गएकाे भूकम्पका कारण ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार ९ हजार भन्दा बढी भत्कनुकासाथै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनले जनाएकाे छ । (विवरण)