नुवाकोटको लप्से झरना महोत्सवमा जुटे स्थानीयदेखि पर्यटन व्यवसायीसम्म
काठमाडाैं, २६ कात्तिक । नुवाकोट, शिवपुरी गाउँपालिका वडा नं ४ र ६ स्थित लप्से मोहरथोक झरना महोत्सव सम्पन्न भएको छ ।
‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ शिवपुरी गाउँपालिका वडा नं–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ सम्पन्न भएको हो ।
महोत्सवको उद्घाटन गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले आफ्नो क्षेत्रलाई कृषि, स्वास्थ्य, शिक्षा र खेलकुदबाट चिनाउन प्रयास गरिने गरिने पनि बताउनुभयाे ।
काठमाडौंकाे गँगबुबाट २५ किमी उत्तरमा पर्ने सो झरना करिब एक सय ५० फिट लामो छ, जुन चैत वैशाखमा पनि अविरल बगिरहने वडा नं ६का अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयाे । उहाँका अनुसार स्थानीय श्राेत र साधनकाे सदुपयाेगका साथै स्थानीय उत्पादनकाे प्रवर्धन गर्नका लागि वडा बाट बजेट छुटाएर झरना महोत्सवमा लागेकाे बताउनुभयाे । उहाँले स्थानीय शिवपुरी समुन्द्रा युवा क्लबलाई धन्यवाद पनि दिनुभयाे ।
महोत्सवमा नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेक र धादिङबाटसमेत आन्तरिक पर्यटकहरू आएका थिए । महोत्सवकाे प्रचार प्रसारमा टोखा सम्पदा संरक्षण ले व्यापक बनाएकाे थियाे । सांस्कृतिक अभियन्ता, समाजसेवी तथा टोखा सम्पदा संरक्षण दवु:का अध्यक्ष मनिराज डंगोलले स्थानीय श्राेत र साधनकाे सदुपयाेग गरेर स्थानीय उत्पादनकाे प्रवर्धन गर्नसके युवाहरू बिदेश पलायन राेक्न सकिने बताउनुभयाे ।
उहाँले झरनामा पुग्न काठमाडौको सामाखुसी टोखा हुँदै भिल्ली, मालुङ्ग, झोर, जगात, गुर्जे, गुर्जे भन्ज्याङ्ग, माने मानेभन्ज्याङ्ग हुँदै लप्से झरना पुग्न सकिने बताउनुभयाे ।
