बल्खुमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप

काठमाडौं, ७ मंसिर । बल्खुमा प्रदर्शनरत मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहान भएको छ।

तीनकुनेमा प्रदर्शनमा नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए। सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको भएको हो।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।