कोशीमा प्रतिस्थापन विधेयकप्रति एमाले र राप्रपाकाे विराेध

विराटनगर, १२ मंसिर । कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।

कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेश सभा सदस्यको बजेट र योजना कटौती गरेको भन्दै एमाले र राप्रपाले विरोध जनाएको हो ।

आजको प्रदेश सभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

बैठकमा एमाले संसदीय दलका उपनेता राम रानाले सांसदका योजनामा परेको बजेट र योजनाको प्राथमिकीकरणमा आफूहरुको आपत्ति रहेको बताए ।