एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

काठमाडाैं, १३ मंसिर । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

आजियाटाले एनसेलबाट बाहिरिने उद्देश्यका साथ एनसेलबाट बाहिरिने घोषणा गरेको हो ।

नेपालमा व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

“नेपालको परिप्रेक्ष्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,” आजियाटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।”