बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीको गोली लागेर १ जना घाइते

बारा, २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन कार्यालयमा लिएर जानेक्रममा एक समूहले अवरोध पुर्याएपछि विवाद भएको प्रहरीले जनाएकाे छ ।

विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् भने झडप भएपछि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत चार महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *