भैंसेपाटीको मन्त्री क्वार्टरमा आगलागी

काठमाडाैं, ३ पुस । भैंसेपाटीको मन्त्री क्वार्टरमा आगलागी भएकाे छ । मन्त्री क्वार्टरमा रहेकाे एक टहराबाट आगाे सल्केर आगलागी भएकाे हाे ।

मजदुरले अवासका लागि बनाएको टहरोमा वाइल्डिङ गर्दा आगो सल्किएको हो ।

प्रहरीका अनुसार मन्त्री क्वार्टरको आगलागी नियन्त्रणमा आएकाे छ । निर्माणाधीन मन्त्री क्वार्टरमा रहेकाे टहरोबाट आगो सल्किएको बताइएको छ ।

आगलागीबाट क्षति भएको विवरण आउन बाँकी छ ।