अछाममा जिप दुर्घटना, १३ जना घाइते
अछाम, ३ पुस । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् ।
अछामकाे मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।
जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको प्रहरीले जनाएकाे छ ।