साताकाे अन्तिम कारोबार नेप्से घटेर बन्द

काठमाडाैं, १९ पुस । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको १ लाख ८ हजार ४०३ पटकको कारोबारमा ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन बिन्ध्यबासिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्य

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत बढेको हो भने जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।