राप्रपाले कोशी प्रदेशको सभामुख अम्बर विष्ट बनाउने
विराटनगर । कोशी प्रदेशसभा को कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशकाे उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताउनुभयाे ।
सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति गरेका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने भएकाे छ ।
सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।