इनारमा खसेकी महिलाको उद्धार गरी लगियो पाटन अस्पताल

काठमाडौं, १ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ ।

दोलखा घर भइ इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई करिब साढे दुई घण्टापछि उद्धार गरि उपचारको लागि पाटन अस्पताल लगिएको हाे ।

उनी लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।

उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।