बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना रिहा

काठमाडौं, २४ माघ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ गरिएका अरुण चौधरीलगाएत ३ जना रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले चौधरीलगाएत ३ जनालाई हाजिर जमानीमा रिहा गरेकाे हाे ।

अदालतको आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *