आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ७ फागुन । आज फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनकाे सम्झनामा विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

विसं २००७ फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिन हाे । प्रजातन्त्र स्थापना भएको दिनकाे सम्झनामा सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउन आह्वान गरेको छ भने आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ ।

[bsa_pro_ad_space id=69]

प्रजातन्त्र दिवसका दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री लगायत सरकारका उच्च पदस्थहरूको सहभागी हुनेछ ।

फागुन ७ गतेकै जगमा टेकेर वि.सं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो भने वि.सं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

 

[bsa_pro_ad_space id=68]